<

धनगढी, २१ साउन ।

सुदूरपश्चिममा लागूऔषध तस्करहरूले तस्कारी नयाँ विधि अपनाएको पाइएको छ। शनिबार कैलालीमा मोटरसाइकलको ऐनाभित्र लागूऔषध लुकाइ राखेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

 

शनिबार धनगढी र अत्तरियाबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरिएकोमा एक जनाले मोटरसाइकलको ऐनाभित्र लागूऔषध लुकाएको अवस्थामा फेला परेको हो। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट लागूऔषधसहित गोदावरी नगरपालिका–५ का २९ वर्षीय दिपक राना पक्राउ परेका छन्।

 

एक ग्राम ३ सय ३० मिलिग्राम लागूऔषधसहित उनी शनिबार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लागूऔषध लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

त्यस्तै गोदावरी नगरपालिका–२ अत्तरियाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। ८ सय २० मिलीग्रामसहित गोदावरी नगरपालिका–२ तेघरीका २७ वर्षीय तेजबहादुर खड्सहित तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0