<

 

काठमाण्डौँ ।

कैलाली-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अरुण कुमार चौधरीले सरकारले दिने कृषि अनुदानमा हुने विकृत्रिका अन्य गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाकाे बैठकमा सा‌ंसद चौधरीले झोलामा कृषि गर्ने र कागजी प्रक्रिया मात्रै पुर्याएर अनुदान लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
‘आज हाम्रो देशको कृषि उत्पादन हेर्ने हो भने यहाँ उत्पादिन बस्तुले हामीलाई तीन महिना पनि पुग्ने अबस्था छैन्’, सांसद चौधरीले भने,            ‘कुषिमा सरकारले लगानी नगरेको पनि हैन्, अनुदान नदिएको हैन् । तर, त्यसको दुरुपयोग भईरहेको छ ।’

झोले कृषकहरुले गर्दा बास्तविक कृषकहरु मर्कामा परेको उनले स्पष्ट   पारे । सांसद चौधरीले भने, ‘झोलामा खेति गर्ने, कागजी प्रक्रिया मिलाई हाल्नेले  अनुदान       पाउँछन् । तर, जो वास्तविक किसान छन्, जसले पाउनै पर्ने हो उसले अनुदान पाउँदैन् । यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’
यस्तै सांसद चौधरीले सरकारी नियम, कानुन र प्रक्रियाकै कारण बिकासमा ढिलासुस्ती हुने गरेको उदारहण पेस गरे ।

‘अहिले हाम्रो देशको बिकासको प्रक्रिया कसरी अघि बढेको छ भनेर हेर्न कैलाली  क्षेत्र नम्बर २ अन्तरगत कर्णाली चिसापानीदेखि गुइनी हुँदै सडकखण्डमा देखिएको छ । म पिटे जस्तो गर्छु तँ रोए जस्तो गर’, उनले भने, ‘स्तरउन्नतीका लागि त्यो क्षेत्रमा बजेट विनियोजन भएर टेण्डर आव्हान भईसकेको छ । तर,  बनक्षेत्र पर्ने भएकाले केही रुख काट्नु पर्ने थियो तर रुख काट्न नपाएर काम नै रोकिएको छ ।’

सरकारी नियमले गर्दा नै बिकासको काम रोकिनु दुखद भएको बताउँदै उनले तत्काल यस समस्या समाधान गरी काम सुरु गराउन पहल गर्न वन मन्त्राल,  डिभिजन वन कार्यालय र सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0