<

हेटौँडा, २१ साउन ।

मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ ।

 

आइतबार बिहान साढे ९ बजेदेखि नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सवारी साधन रोकिएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो हटाएर यातायात सेवा सुरु गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0