<

काठमाडौं, २१ साउन ।

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।

 

गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रिय सदस्यले आ आफनो धारणा राखिसकेका छन् । हिजोको बैठकमा बर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ आफनो धारणा राखेका थिए ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।

 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0