<

काठमाडौं, २० साउन ।

गौर हत्याकाण्डका पीडित संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पीडितहरुसँग प्रधानमन्त्री दाहालको भेटवार्ता भएको हो ।

 

उक्त भेटका क्रममा संघर्ष समितिले अमानवीय गौर नरस‌‌हार दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए । त्यसका साथै उनीहरूले पीडितहरूले दोषीमाथि कारबाहीको माग गर्दै जारी राखेको आन्दोलनका बारेमा पनि जानकारी गराएका छन् ।

पीडित संघर्ष समितिको माग सम्बोधन गर्न आफू तयार रहेको जनाउँदै प्रधानमन्त्री दाहालले संघर्ष समितिसँग वार्ताका लागि छिटै नै गृह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रतिबद्दतासमेत जनाएका छन् ।

 

यसैबीच गौर हत्याकाण्डका पीडितहरूले आज आठौँ दिन पनि धर्ना जारी राखेका छन् । रौतहटको चन्द्रपुरमा पीडित परिवारले सुरु गरेको धर्ना आठौँ दिन पनि जारी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0