<

भक्तपुर ।

भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको छ । ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरू   (विशेष गरी पोखरीहरु) बारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने लागेको नगरपालिकाको सूचनामा प्रकाशित छ ।


पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरेको छ । पदयात्रा भक्तपुर नगरपालिका वडा नं ९ स्थित लामग पुखु (पोखरी) बाट सुरु हुने जनाएको छ । त्यहाँं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि प्रमुखसहितको टोली पोखरीको परिक्रमामा जाने कार्यक्रम तालिका छ । टोलीले नगरभरिका वडा नं १ देखि १० सम्म रहेको विभिन्न पोखरीहरुको पैदल यात्राबाट भ्रमण गरिने छ । पदयात्रा भक्तपुर नगरपालिका वडा नं १ स्थित न्हुः पुखु (रानी पोखरी) सल्लाघारीमा समापन हुने जनाएको छ । त्यहाँं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिने जनाएको छ । यो वीचमा विभिन्न साँंस्कृतिक प्रदर्शनी गरिने पनि जनाएको छ । साथै विभिन्न नेवारी परिकाहरु पनि खान पाइने जनाएको छ । साथै नेवार समुदायमा प्रचलित झ्व भ्यव     (लहरै बसेर खाने भोज) पनि खाने कार्यक्रम तालिका बनाइएको छ ।


सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिने भएको छ । कार्यक्रम १२ बजेबाट सुरु भई चार बजे सकाउने योजना राखिएको छ ।
यस्तो छ रूट ः
लामग पुखु – नगाँचा – ग्वंग पुखु – क्वाठडौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) – न्हु पुखु ( रानी पोखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0