<

काठमाडौ, १८ साउन ।

नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0