<

मुम्बई, १६ साउन । महाराष्ट्रमा एउटा भयानक दुर्घटना भएको छ ।

 

सो दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  घटना मुम्बई नजिकैको ठाणे जिल्लाको हो।

समृद्धि एक्सप्रेस राजमार्गको तेस्रो चरणको निर्माण कार्य भइरहेको शाहपुर प्रहरीले जनाएको छ । यसैबीच मंगलबार बिहान शाहपुर नजिकै एउटा गार्ड मेसिन खसेर १४ जनाको मृत्यु भएको छ । जबकि तीन जना घाइते भएका छन् ।

 

एम्बुलेन्स र स्थानीयको सहयोगमा घाइतेहरुलाई अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । साथै मृतकको शव पनि पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । जेसीबी र उद्धार टोलीले जिम्मा लिएको छ । सो क्षेत्र खाली गरिँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0