<

 

काठमाडौं, १५ साउन ।

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।

 

पार्टी केन्द्रिय कार्यालय, आलोकनगर, मीनभवनमा बैठक बस्नेछ ।

 

सो पार्टीका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रिय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।

 

यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । प्रावधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् ।

यसैगरी, सचिवालय बैठकले पार्टीको महाधिवेसनको मिति तया गर्ने देखी रिक्त रहेका पदहरुमा पदपुर्ति गर्ने अजेन्डा पनि सचिवालय बैठकको रहेको जनाईएको छ । साथै, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीति, कार्यक्रम र कार्यदिशाका बारेमा पनि नयाँ ढंगले प्रस्ताव तयार पार्ने योजना सचिवालयको रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0