रौतहट,०४ गते जेठ । रौतहटको कटहरियामा आज जानकी जयन्ती मनाइएको छ । कटहरिया नगरपालिकाका पूर्व नगर प्रमुख शियाराम कुशवाहको सक्रियतामा जिल्लाको कटहरिया नगरपालिका स्थित कटहरियामा रहेको जानकि मन्दिर देखि झाकी समेत निकालि धुमधामका साथ जानकी नवमी मनाइएको छ । कटहरिया स्थित रहेको राम जानकी मठ (त्यागी बाबा)को मन्दिरबाट निकालिएको शोभायात्रा कटहरिया गाउँ बजार परिक्रमा गरिएको थियो । विभिन्न बजागजा सहित शोभायात्रा निकालिएको हो । शोभायात्रामा कटहरिया नगरपालिकाका पुर्व नगर प्रमुख सियाराम कुशवाहा, स्थानिय भद्र भलादमी, महिला लगायत विभिन्न राजनितिक दलका नेता कार्यकर्ता श्रद्धालु भक्तजन, मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता रहेको थियो । नेपालकी राष्ट्रिय विभूति जगत जननी सिता माताको जन्मोत्सव आज कटहरियामा पुर्व मेयर सियाराम कुशवाहाको नेतृत्वमा बिशेष भव्यताका साथ मनाईएकोछ । सिता माताको रथयात्रा सहित त्यागी बाबा मठमा आयोजित जानकी जयन्ती बिशेष समारोहमा विभिन्न सांस्कृतिक टोलीद्वारा धार्मिक कला प्रस्तुति गरिएको थियो । कटहरिया नगरपालिकामा तत्कालीन मेयर सियाराम कुशवाहाले २०७६ साल देखि निरन्तर जानकी जयन्ती मनाउदै आएकोछ । नगरप्रमुखमा सियाराम कुशवाहा पराजित भएपनि व्यक्तिगत पहलमा प्रत्येक वर्ष जानकी जयन्ती मनाईदै आएका छन् ।
कटहरियामा जानकी जयन्ती मनाइयो
<
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1