<
आरके श्रीवास्तव,रौतहट,१४ गते साउन ।
रौतहटमा धारिलो हतियार प्रहारबाट एक युवक घाईते भएका छन् । जिल्लाकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ निवासी रामअयाेध्या रामकाे छाेरा वर्षा २६ काे युवक शम्भु राम धारिलो हतियार प्रहारबाट घाइते भएका छन् ।
शनिबार बेलुका ६:३० बजेतिर पुरानो रिसइवीको कारण राम माथि धारिलो हतियार प्रहार गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनियाका प्रहरी निरिक्षक अरविन्द कुमार साहले जानकारी गराउनु भयाे । धारिलो हतियार प्रहार गर्ने स्थानीय सदरे आलम प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी गराए । रामकाे दायाँ कोखमा हतियार प्रहार गरिएको छ ।
घाइते रामकाे उपचार नेशनल हस्पिटल विजयपुरमा उपचार भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जानकारी गराएकाे छ । माेहरम(दाहा) पर्व मनाउने क्रममा दुबै जना बिच विवाद भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0