<

 

आरके श्रीवास्तव,रौतहट, १३ गते साउन ।

पछिल्लो समय गौर हत्याकाण्डको विषयलाइ लिएर रौतहट तातेको छ । गौर हत्याकाण्डको छानविनको माग गर्दै पिडित परिवारले आज(शनिवार)देखि धर्ना सुरु गरेका छन् । गौर हत्याकाण्ड पिडित संघर्ष समितिको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा अनिश्चतकालीन धर्ना दिएका हुन् । आम जनता पार्टीको सहयोगमा उनीहरुले आजबाट धर्ना कार्यक्रम थालेको सो पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सांसद प्रभु साहले जानकारी गराउनु भएको हो । ‘

आज भन्दा १७ बर्ष अगाडी भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको बिषयलाई लिएर केही दिन देखी रौतहट तातेको छ । ज्ञापनपत्र बुझाउने,धर्ना,प्रर्दशन गर्ने जस्ता कामहरु भइरहेको छ । २०६३ चैत्र ७ गते जिल्ला सदरमुकाम गौरमा राइस मिलमा आयोजित सभालाइ विथोलन खोजदा हिंसात्मक घटना घटेको थियो । उक्त घटनामा २८ जना मारिएका थिए । त्यही घटनाको विषयलाइ लिएर आजपाले गत हप्ता जसपा अध्यक्ष उपेन्द्र यादवलाइ पक्राउ गरी कार्यवाही गर्न प्रर्दशन सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनप बुभाएका थिए ।

लगतै रौतहट सरदमुकाम गौरमा ६ दलले काउण्टर गर्दै शक्ति प्रर्दशन गरेको थियो । सर्वदलिय/सर्वपक्षिय संघर्ष समिति रौतहटको आयोजनामा मंगलवार प्रर्दशन गरिएको थियो । गत हप्ता आम जनता पार्टी जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष यादवको विरोध गर्दै प्रदर्शन गरेका थिए ।

त्यस्कै काउण्टरमा ६ दलीय गठबन्धनले पनि प्रदर्शन गरेको थियो । प्रर्दशनपछि आयोजित कोणसभामा ६ दलिय मोर्चाका नेताहरुले विभिन्न हत्याकाण्डमा संल्गन रहेको आरोप लगाउँदै सांसद प्रभु साहलाइ पक्राउ गर्न माग गरेका थिए । मोर्चाले पनि सिडियो कार्यालयमा ज्ञापनपत्र पनि बुझाएको थियो ।

माओवादी र जनमत पार्टीले छोडयो सर्वदलिय÷सर्वपक्षिय संघर्ष समितिको साथ गौर हत्याकाण्डको छानबिनको मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र र जनमत पार्टी बिभाजित भएको छ । उक्त हत्याकाण्डका बिषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ रौतहटमा भने माओवादी र जनमत पार्टी बिभाजित भएको हो । जिल्ला इन्चार्ज समिर भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रष्टा पारेका छन् ।

ती दुवै पार्टीले आम जनसमुदाय, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध समेत गरेका छन् । त्यस्तै जनमत पार्टीका जिल्ला इन्चार्ज ब्रिजकिशोर यादवले आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको स्पष्ट पारेका छन् ।

दुइ दलले सर्वदलिय/सर्वपक्षिय संघर्ष समितिको साथ छोडे पछि अब उनीहरुको साथमा नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,लोसपा र एकिकृत समाजवादी पार्टी रहेको छ । स्रोतका अनुसार आम जनता पार्टीले गौर हत्याकाण्ड पिडित संघर्ष समितिको ब्यानरमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । सो समितिको ब्यानरमा भोलीबाट आम जनता पार्टीले जिल्लामा मोटरसाईकल रैली तथा जिल्ला बन्दको आवहान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0