<

 

काठमाडौ, १२ साउन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट र मल्टिपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । सिनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २०३ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

 

हकप्रद बिक्रीका लागि यसले शुक्रबार बुक क्लोज गर्ने भएको छ । यसआधारमा आज बिहीबार साउन ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

 

सिनर्जी पावरले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0