<

रौतहट ,साउन ११ गते

रौतहट । उखु उत्पादक संघले गरुडा नगर पालिका स्थित श्रीराम सुगर मिल्स लिमिटेडको जग्गा विक्री सम्बन्धि चलखेल रोक्ने निर्णय गरेको छ ।
रौतहटको उखु किसानको ठुलो धरोहरको रुपमा रहेको सुगर मिल्सको जग्गा सम्बन्धित निकायसंग सहयोग लिई बिक्रीमा रोक लगाउने निर्णय भएको ऊखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।
ऊखु उत्पादक संघका अध्यक्ष अशोक यादवको अध्यक्षतामा गरूडामा भएको सर्वदलिय वैठकले श्रीराम सुगर मिल्स ९ चिनि मिल मेसिन० र जग्गा समेत बिक्री गर्न नदिने निर्णय गरेको हो ।
मिल्स व्यवस्थापन पक्षबाट विभीन्न किसिमको चलखेल भईरहेकोले रौतहटको किसान र व्यवसायी मिली यसलाइ रोक्न सम्बन्धीत निकायको ध्यानआकर्षण गराउने भएकोछ ।
स्थानिय सरकार,उखु उत्पादक संघ,उधोग वाणिज्यसंघ सहित विभिन्न संघ सस्था,विभिन्न राजनैतिक दलको नेता,युवा,किसान,समाजसेवीले रौतहटका धरोहर श्रीराम सुगर मिल्स ९ चिनिमिल मेसिन ० लाइ बचाउनको लागी एकजुट हुन आह्ववान गर्ने बैठकले निर्णय गरेको अध्यक्ष यादवले बताए ।
सो बैठकमा नेपाली कांग्रेसका नेता सुनिल कुमार यादव , नेकपा एसका नेता वृज किशोर यादव ,नेकपा एमालेका नेता रामजी साह,सहितका गरुडा नगरपालिका सबै वडा अध्यक्ष , स्थानिय समाजसेवी , व्यापारीको सो बैठकमा सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0