<

ओम प्रकाश यादव,रौतहट,साउन ११ गते
रौतहटको जय किसान बहुप्राबिधिक शिक्षालय धरहरीले ओभरसियर, आइटी र कृषि विषयको शुल्क घटाएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरी स्थित रहेको उक्त बहुप्राबिधिक शिक्षालयले तिन वर्षे ओभरसियर, आइटी र कृषि विषयको अध्ययन अब ५० हजारमा मात्रै गराउने निर्णय गरेको छ ।
शिक्षालयले यसअघि ओभरसियर, आइटी र कृषि विषयको अध्ययन अध्यापन गराए वापत ९८ हजार शुल्क लिदै आएकोमा ९८ हजार शुल्कलाई घटाएर ५० हजार पुरयाएको छ ।
शिक्षालयले ओभरसियर, आइटी र कृषि विषयको अध्ययन अध्यापनको लागि यो भन्दा अघि ९८ हजार रुपैयाँ शुल्क लिदै आएको थियो । तर ९८ हजार शुल्क चर्को भएको भन्दै विद्यार्थीहरुले घटाउन माग गरेपछि सो शुल्क घटाएर ५० हजार कायम गरिएको बहुप्राबिधिक शिक्षालय धरहरीले जनाएको छ ।
बिहीवार जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख र जय किसान बहुप्राबिधिक शिक्षालयका प्रतिनिधिहरुको बसेको बैठकले ओभरसियर, आइटी र कृषि विषयको अध्ययन अध्यापनका लागि लाग्दै आएको ९८ हजार शुल्कलाई घटाएर ५० हजार कायम गर्ने निर्णय गरिएको छ ।
शुल्क घटेसंगै विद्यार्थीहरुले अब जय किसान बहुप्राबिधिक शिक्षालयमा ३ वर्षे ओभरसियर, आइटी र कृषि विषयको अध्ययन ५० हजार रुपैयाँमै गर्न पाउने भएका छन् । एकै पटक ४८ हजार रुपैयाँ शुल्क घटेपछि विद्यार्थीहरु निकै हर्षित भएका छन् ।
ओभरसियर, आइटी र कृषि विषयको अध्ययन शुल्क ९८ हजार धेरै महंगो भएको भन्दै विद्यार्थीहरुले घटाउन बारमबार माग गरेपछि उनिहरुको सहजताका लागि शुल्क घटाइएको जय किसान बहुप्राबिधिक शिक्षालय धरहरीका शिक्षालय प्रमुख धनोज कुमार यादवले बताएका छन् ।
चर्को शुल्ककै कारण विद्यार्थीहरु यहाँ पढन आउन नमानेका कारण समेत विद्यार्थीको संख्या दिनप्रतिदिन घटदै गएको कारणले पनि शुल्क घटाउने निर्णय गरिएको शिक्षालय प्रमुख यादवले बताए ।
शुल्क घटेसंगै ओभरसियर, आइटी र कृषि विषय पढ्न चाहने विद्यार्थीहरुको पहिलो रोजाई नै जय किसान बहुप्राबिधिक शिक्षालय धरहरी हुने र विद्यार्थीहरुको संख्या समेत बढदै जाने विश्वास गरिएको उनले बताए ।
अन्य ठाउँको तुल्नामा यहाँ कम खर्चमै ओभरसियर, आइटी र कृषि विषय पढ्न पाउने भएको हुँदा खासगरी यहाँ आर्थिक स्थिती कमजोर भएका अति गरिव तथा विपन्न परिवारका विद्यार्थीहरु प्राविधिक विषय अध्ययन गर्न बढी आउने गरेको शिक्षालय प्रमुख यादवले बताए ।
यस बहुप्राबिधिक शिक्षालय धरहरीमा अहिले ३ वर्षे ओभरसियर, आइटी र कृषि विषय पढ्ने विद्यार्थीको संख्या ३ सय १५ रहेको छ ।
केही वर्ष अघि मात्रै रौतहटको धरहरीमा बहुप्राबिधिक शिक्षालय स्थापना भएपछि अहिले रौतहट सहित बारा, पर्सा, सर्लाही, महोतरी लगाएत विभिन्न जिल्लाबाट विद्यार्थीहरु ओभरसियर, आइटी र कृषि विषय पढ्न जय किसान बहुप्राबिधिक शिक्षालय धरहरीमा आउने गरेका छन् ।
पहिला जिल्लामा बहुप्राबिधिक शिक्षालय नहुँदा यहाँका विद्यार्थीहरुलाई ओभरसियर, आइटी र कृषि विषय पढ्न भरतपुर, काठमान्डु लगाएत ठाउँमा जानुपर्ने बाध्याता रहेको थियो ।
तर धरहरीमा स्थापना भएको सो शिक्षालयमा कृषिदेखि ओभरसियर सम्मका प्राविधिक विषयहरू पढाइ भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0