<

आरके श्रीवास्तव,राैतहट,साउन ११ गते
राैतहटको माैलापुरमा रहेको नेपाल विद्युत् प्राधिकरण माैलापुर वितरण केन्द्रको कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्राधिकरणकाे कर्मचारीहरूले लापरबाही गरेको र फाेन गर्दा वास्ता नगरेको भन्दै स्थानीयहरूले बिहिवार माैलापुरमा रहेको प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वितरण केन्द्र अन्तर्गत पर्ने माैलापुर ३ गम्हरीया टाेलमा बिधुतकाे केबलतारमा आगाेलागे पछि तार चुँडेर तल झरेको थियाे । तत्कालै स्थानीयहरूले वितरण केन्द्रमा फाेन गर्दा फाेन नउठाएकाे भन्दै आक्राेशित बनेका थिए । आक्राेशित स्थानीयहरू प्राधिकरणकाे कार्यालयमा पुगि सबै कर्मचारीहरूलाई बाहिर निकाली मूल गेटमा ताल्चा लगाई दिएका हुन् । ताल्चा लगाएर साँचाे प्रहरीलाई बुझाएका हुन् ।

केबालतारमा आगाेलागेकाे उक्त घटनामा भने कुनै मानवीय क्षति भने नभएको बुझिएको तर यस्तो संवेदनशील अवस्थामा फाेन गर्दा कुनै रेस्पाेन्स नगरेकाे भन्दै स्थानीयहरू आक्राेशित बनेका हुन् ।

यस विषयमा नेपाल बिधुत प्राधिकरण माैलापुर वितरण केन्द्रका प्रमुख दिनेश यादव सँग साेध्दा केबल तारमा आगाे लागेर चुँडेकाे विषयलाई लिएर स्थानीयहरूले कर्मचारीहरू लाई कुटपिट गर्दै वितरण केन्द्र बाट प्रसारित लाईन काटन लगाई ताल्चा लगाई दिएकाे बताए । हामी कर्मचारीहरूकाे टाेली यस विषयमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालयमा जान लागेको बताए । बारम्बार कर्मचारीहरू माथि यसरी दुर्ववहार गर्ने घटना घटनु दु:खद रहेको बताउनु भयाे ।

तालाबन्दी भएपछि बिहान देखि नेपाल माैलापुर वितरण केन्द्र अन्तर्गतका बिधुत लाईन अबरुद्ध भएको छ । यस भेगका उपभोक्ता बिधुतकाे सेवा बाट बञ्चित भएका हुन् । बिहान ८ बजे देखिनै बिधुत सेवा बन्द गरिएको छ । चर्काे गर्मीमा उपभोक्ता थप मारमा परेका हुन् । अहिले राेपाई गर्ने भएकोले माेटर बाट सिंचाइ गर्ने कृषकहरू पनि समस्या उत्पन्न भएको छ । बिधुत सेवा बन्द भएपछि अधिकांश सेवा अबरुद्ध भएको । ईन्भर्टरकाे चार्ज सकिएपछि सेवाहरू प्रभावित बनेका हुन् ।

यस विषयमा जिल्लाका प्रशासनिक निकायहरूमा यथासिघ्र ध्यानाकर्षण हुन जरुरी देखिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
3
+1
0