<

आरके श्रीवास्तव,हनुमत कुमार यादव,रौतहट,साउन ०९ गते ।
रौतहट सरदमुकाम गौरमा ६ दलले आज शक्ति प्रर्दशन गरेका छन् । छ दलिय मोर्चाले जुलुस सहित प्रर्दशन गरेका हुन् । सर्वदलिय÷सर्वपक्षिय संघर्ष समिति रौतहटको आयोजनामा मंगलवार प्रर्दशन गरिएको हो ।
गत साता आम जनता पार्टील जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विरोध गर्दै प्रदर्शन गरेको थियो । त्यसकै काउण्टरमा ६ दलीय गठबन्धनले पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा नेपाली कांग्रेस, जसपा, नेकपा एस, लोसपा, जनमत र माओवादीका रहेका छन् ।


प्रर्दशन पछि जिल्ला अदालतको छेउमा कोण सभा आयोजन गरिएको थियो । कोण सभामा सम्बोधन गर्दै ६ दलिय मोर्चाका नेताहरुले विभिन्न हत्याकाण्डमा संल्गन रहेको र आरोप लगाउँदै प्रभु साह लाइ पक्राउ गर्न माग गरेका हुन् ।

गौरस्थित विवादित राइस मिलमा २७ जना माओवादी वाइसीएलको हत्या भएको घटनालाई उछालेर दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्न थालेका आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र सांसद प्रभु साहलाई जिल्लामै घेराबन्दी गरिएको छ ।

गौर नगरपालिका स्थित रहेका राइस मिल प्रांगण देखि निस्केको प्रर्दशन भन्सार कार्यलय हुदै जिल्ला प्रसाशन कार्यलय गौर अगाडी नराबाजी गर्दै ज्ञापन पत्र बुझाई गौर जिल्ला अदालत अगाडी कोण सभामा परिणत भएको थियो ।

प्रर्दशनकारीहरुले “ हिन्दु नेता कासीनाथ तिवारीको हत्यारा लाई कार्यवाहि गर , कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्यारा लाई कार्यवाहि गर , शिक्षक सुनिल यादव को हत्यारा लाई कार्यवाहि गर , प्रभु सह लाई कार्यवाही गर जस्ता विभिन्न नारा सहित जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् ।


गौर घटनाको सम्पूर्ण जिम्मेवारी प्रभु साहले लिनुपर्ने जनता समाजवादी पार्टी रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताए । तत्कालीन मधेशी जनअधिकार फोरमले शान्तिपूर्ण कार्यक्रम गर्न लाग्दा माओवादीले बिथोलेर द्वन्द्व निम्त्याएको र त्यसको नेतृत्व प्रभु साहले गरेका कारण घटनाको मुख्य दोषी उनी रहेको अध्यक्ष यादवले बताए ।

प्रदर्शन कार्यक्रममा जसपाका केन्द्रिय सदस्य राम किसोर प्रसाद यादव ,पुर्व कृषि राज्य मन्त्री योगेन्द्र यादव , नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल यादव ,एकीकृत समाजवादी पार्टीका ब्रिज किसोर यादव ,जनमत पार्टीका केन्द्रिय सदस्य असोक सिंह , लोकतान्त्रिक समाजवादी पार्टी नेता राम प्रवेश दास , रामेस्वर यादव , जसपा पार्टी जिल्ला अध्यक्ष श्याम बिहारी यादव लगेर हजारौ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रभु साहले १७ वर्ष पुरानो हिंसात्मक घटनाको नाममा राजनीति गर्न खोजेको आरोप लगाउँदै उनीहरुले प्रर्दशन गरेका हुन् । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको २०६३ सालको चैत ७ गते राइस मिलमा आयोजित सभालाई विथोल्न खोज्दा हिंसात्मक घटना घटेको थियो ।

सिडियो लाइ बुझाइयो ज्ञापन पत्र

रौतहटमा आजपाका अध्यक्ष एवम् सांसद प्रभु साहलाइ पक्राउ गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । आज प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाइएको छ ।
सर्वदलिय÷सर्वपक्षिय संघर्ष समितिका संयोजक रामकिशोर यादवको नेतृत्वमा गएको टोलीले गौर हत्याकाण्डको मुख्या योजनाकार नै प्रभु साह भएको ठहर गर्दै साहलाई पक्राउ गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा गौर राइस मिल लगायतका ठाउँहरुमा आत्म रक्षाको लागि गरिएको प्रयासलाइ झुठा मुदा बनाएकोले यस्तो भुठा मुदाको जाहेरी खारेज गर्न र नेपाल सरकार एवम् प्रधानमन्त्री कार्यालय लाइ ज्ञापनपत्र पठाउनुको साथै जिल्ला प्रहरी कार्यालय लाइ उक्त मुदा तामेलीमा राख्न अनुरोध गरिएको छ ।
हिन्दूवाही नेता पसौ विरगंज निवासी काशीनाथ तिवारी हत्याको क्रममा समातिएका अभियूक्तहरुको ठोस ब्यानले प्रभु साहको प्रत्यक्ष संलग्नता देखिएको र जिल्ला प्रहरी कार्यालय पर्साको प्रतिवेदनमा समेत सांसद साहको किटानी जाहेरी परेकोले साहलाइ पक्राउ गरि पुनः छानविनको दायरामा ल्याउन जोडदार माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0