<

आरके श्रीवास्तव,रौतहट,साउन ०८ गते ।
रौतहट प्रहरीले फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । सम्मानित अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्रेको हो । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा बिभिन्न मुद्दा शिर्षकका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानि रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


पक्राउ पर्नेहरुमा बृन्दाबन नगरपालिका वडा नम्बर१ रमौली बैरियाका कर्तब्य ज्यान मुद्धाका जयकरण सहनी,कटहरिया नगरपालिका वडा नम्बर १ भसेडवाका राजकिशोर तत्मा र कटहरिया नगरपालिका वडा नम्बर ५ का जबरजस्ति करणि मुद्धाका फरार प्रतिवादी असलम मिया रहेका छन् । उनीहरुलाइ सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0