<

रामप्रवेश बैठा,कटहरिया,साउन ०६ गते ।
कटहरिया । रौतहटको कटहरिया नगरपालिका वडा नगरपालिका वडा नम्बर ६ फतेपुरमा अहिले नाला निर्माणको काम चलिरहेको छ । नाला निर्माणमा भने लापरबाही भएको पाइएको छ ।
सो टोलको सफरुदिनको घरदेखि मठ सम्म नाला निर्माणको काम भइरहेको छ । स्टिमेट अनुसार काम नभएको स्थानियहरुले गुणासो गरेका छन् । १५ सेन्टीमा गर्नुपर्नेमा सो अनुसार काम नगरेको गुणासो छन् ।
स्टिमेट अनुसार नाला नबनाइएको भन्दै स्थानीयले विरोध जनाएका छन् । यो नाला निर्माणको ठेक्का सडक डिभिजन रौतहट बाट मुना कन्सट्रक्सनले लिएको छ ।


यस विषयमा इ. विरेन्द्र महतो सँग बुझदा उनी भन्छन्, ‘स्थानीयको खबरदारीलाई सकारात्मक रूपमा लिएका छौँ, प्राविधिकलाई फिल्डमा खटाएर काम सुधार गराउने छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0