<

रौतहट,साउन ०४ गते ।

रौतहट । नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रमा ज्ञापनपत्र बुझाइएको छ । विद्युत आपूर्तिमा भएका गडबडी सुधार गर्न तथा लागातार बिजुली दिनलगायतका माग राख्दै स्थानीय उपभोक्ताले विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । कटहरिया नगरपालिकाका पूर्वनगर प्रमुख सियाराम कुशवाहा र समाजसेवी मनोज कुमार साहको नेतृत्वमा पुगेको टोलीले तीन बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

मौलापुर वितरण केन्द्रमा छिनछिनमा लाइन जाने समस्या सामाधान, कटहरियामा विद्युत महसुल संकलन काउन्टरको स्थापना र झुण्डिएको तार तथा पोल व्यवस्थित गर्न माग गर्दै मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख दिनेश यादवलाई ज्ञापनपत्र बझाएको समाजसेवी मनोज कुमार साहले बताए ।

ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख यादवले विद्युत आपूर्तिमा देखिएको समस्या सामाधान हुने, कटहरियामा मोबाइल आय काउन्टर सञ्चालन निकट भविष्यमा गरिने तथा झुण्डिएका तार तथा पोल आवश्यकता अनुसार सुधार गर्दै लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0