<

 

काठमाडौं, ३ साउन ।

आज नेपाल र संयुक्त अरब इमिरेटस बिच क्रिकेटमा प्रतिस्पर्धा हुदैँछ ।

 

एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र  युएई बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।

 

आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेवाट सुरु हुनेछ ।

 

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् । यद्धपी, आज प्रतिस्ठका लागि दुवै टोली आज एक अर्कासँग आमुने सामुने हुनेछन ।

नेपाल आफनो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । युएइ भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0