<

रन्धिर साह, रौतहट, साउन १ गते ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको हर्षाहामा विपद जोखिम न्यूनीकरण, परिक्षण तथा बाढि सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ । आज एक विशेष कार्यक्रमका बीच कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देवि यादवको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिती रौतहटका अध्यक्ष रामअयोध्या राय यादवको विशिष्ट अतिथिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमा बाढी आएको समयमा तथा बाढीमा फसेका लागि कसरी बचाउने, आफु बचने लगायतको विषयमा भन्दै सो कार्यक्रममा क्रियाकलाप गरि समापन्न गरेको थियो । कार्यक्रममा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा तथा नगरपालिकाका सम्पुर्ण सहयोगी कर्मचारीहरु लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0