<
दिपेन्द्र रजक,फतुवा बिजयपुर,असार ३० गते
पुर्व मन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टीले आगामी साउन १ गते सोमवारको दिन भब्य रुपमा प्रदर्शन गर्ने निर्णय गरेका हुन् । फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादवको बिशेष पहलमा आज शनिवार जिल्लाको फतुवा विजयपुर नगरपालिकाको विवाह भवननमा वडा नम्बर १ देखी ११ सम्मको कार्यकर्ताहरुको भेटघाट तथा छलफलमा निर्णय गरेका हुन् ।
किसानको समस्या, दलित ग़रीबको आवास निर्माण तथा गौर हत्याकाण्ड लगायत बिषयमा साउन १ गते आजपाले गौरमा प्रदर्शन गर्ने समेत आजको छलफलमा निणर्य भएको मेयर प्रत्यासी विजय यादवले बताएका हुन् ।
उक्त अवसरमा आजपाको केन्द्रीय सदस्य प्रदिप पटेल,मेयर प्रत्यासी अरविन्द यादव, पुर्व उप प्रमुख कान्त्ती देबी महतो, पुर्व वडा अध्यक्षहरु ब्रहामांरायण यादब, शेख मोबिन ,संजय साह, दिपनरायण साह सोनार, दीपा चौधरी, रामाकान्त पासवान,रामचन्द्र चौधरी,युवा प्रमोद पासवान, सहदेव हजरा, रामानन्द यादव,महिला नेतृ ईन्द्राबति देबी साह, युवा नेता प्रदीप चौधारी , बाबुजान आलम,लगायतकाे व्यक्तिहरू उपस्थित रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0