<

 

सागर संगम ठाकुर,देवाहीगाेनाही,असार ३० गते राैतहट ।

रौतहटकाे देवाही गाेनाही नगरपालिकाले एसईईमा ए पल्स ल्याउने बिधार्थीहरुलाई सम्मान गरेको छ ।जिल्लामा देवाही गाेनाही नगरपालिकाले पहिलोपटक आफ्नो नगरभरीका बिधालयबाट ए पल्स ल्याउने बिधार्थी भाईबहिनीहरूलाई शनिबार सम्मान गरेकाे हाे ।

नगरपालिकाकाे सभा हलमा आयाेजित एक कार्यक्रमका बिच नगर प्रमुख प्रेमलाल साह र उप-प्रमुख परनिया देव पटेलले २०७९ सालकाे परिक्षाबाट ए पल्स ल्याउने नगरकाे तिनवटा बिधालय मध्ये श्री जय किसान नमुना माबि धरहरीका बिथार्थीहरुलाई सम्मान गरिएकाे बिधालयका प्रधानाध्यापक संजय प्रसाद गुप्ताले जानकारी दिनु भयो । नगरका तिनवटा माबि मध्ये जय किसान नमुना माबिका ९ जना बिथार्थीहरु ए पल्स ल्याउन सफल भए पछि सम्मान गरिएकाे प्रअ गुप्ताले बताए ।

जनप्रतिनिधिहरुकाे विशेष उपस्थितिमा सम्मान गरिएको धरहरी माबिका प्रधानाध्यापक गुप्ताले बताउनु भयो । कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख प्रेमलाल साहले आउने दिनमा शिक्षा प्रति बिधार्थीहरूकाे रुचि बढदै जाने र परिक्षामा राम्रो नतिजा ल्याउदै जाओस् भने कामना गर्दै कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

शिक्षित नगर हाम्रो रहर भने आफ्नो चाहना रहेको बताउदै नगर प्रमुख साहले देशका कुनै पनि बिधालयमा नगरभरीका बिथार्थीहरु नाम निकालन सफल भए त्यस्ता बिधार्थीहरुलाई सम्मान गरिने आफ्नो चाहना रहेको बताएका थिए । मानव जिवनको लागि शिक्षा नै धन हाे भन्दै नगर प्रमुख साहले नगर भरिएका बिधालयमा शिक्षा प्रति कन्जुस्याइँ नगर्न समेत सबै शिक्षक र शिक्षिकाहरुलाई निर्देशन दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0