<

 

काठमाडौं, ३ वैशाख ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

 

महाशाखाका अनुसार आइतबार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आइतबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0