<
काठमाडौं, २९ असार ।
पशुचौपायमा देखिएको लम्की स्किन रोगबारे सरकारको ध्यानाकर्षण गराइएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी सांसदले लम्की स्किन रोगबाट पशुचौपायको मृत्यु भएको र यसबाट किसानलाई आहत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरी र सत्तापक्ष कांग्रेस रामहरी खतिवडाले लम्की स्किन रोगको महामारी नियन्त्रण गर्न र किसानलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
लम्की स्किन रोग नियन्त्रणका लागि बजेट छुट्याएर तत्काल काम गर्न र पीडित किसानलाई राहत उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् ।
(यसअघि लम्की स्किन हुनुपर्नेमा अन्यथा हुन गएकाेमा सच्याइएकाे छ ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1