<

 

बैतडी, २९ असार ।

आफ्नै नाती २ वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले रेशम र अर्का ८ वर्षीय नातीसमेत २ बालकलाई कुटपटि गर्दा गम्भीर घाइते भएकोमा रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो ।

घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0