<

 

काठमाडौं, २९ असार ।

सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्की स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्की स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए ।

शुक्रबार पनि लम्की स्किनबारे सांसदहरुले कुरा उठाएपछि सभामुख घिमिरेले लम्की स्किन रोगको नियन्त्रणको तयारीसहितका विषयमा सदनलाई जानकारी गराउन सम्बन्धित् मन्त्रीलाई रुलिङ गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0