आरके श्रीवास्तव,रौतहट,असार २४ गते
रौतहट–रोजगारीको राम्रो सम्भावना बोकेको ह्याचरी उद्योगलाइ प्रोत्साहन गर्ने हो भने यस बाट धेरैले रोजागरी पाउने छन् । यसको प्रत्यक्ष उदाहरण हो फतुवा बिजयपुर नगरपालिकामा रहेको एक ह्याचरी उधोग । जिल्लाको फतुवा बिजयपुर–८ मा अबरारुल हकले हाँस,बट्टाइ लगायतको चल्ला उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।
उनको कासमी कृषि तथा पोल्ट्री प्रा.लि. अहिले सञ्चालनमा छ । उनले अहिले हाँस,बट्टाइ,टर्की,लोकल कुखुराको चल्ला,गिरिराज कुखुराको चल्ला र परेवा पाइनु को साथै पोल्ट्री जन्य सामाग्री उत्पादन गरेर मधेश प्रदेशका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेका छन् ।
उनले चल्ला उत्पादनबाट हरेक महिना १ लाखदेखि २ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताउँछन् । २०६३ सालदेखि पोलट्री व्यवसायमा लागे अबरारुलले अन्य ठाउँमा यो व्यवसाय राम्रो गर्दै गएको प्रभावित भएर ह्याचरी सञ्चालनमा ल्याएको बताउँछन् ।
ह्याचरीमा उत्पादित चल्ला रौतहट,बारा,पसाका साथै सर्लाही,महोत्तरी,धनुषा सम्म बजार प्रतिनिधी मार्फत बिक्री वितरण गराउने गरेका छन् । बाहिरका व्यापारीहरू पनि चल्ला खरीदको लागि उनको ह्याचरीमा आउन गरेको बताउँछन् ।
ह्याचरी उद्योग नहुँदा यहाँका पोल्ट्री सामाग्रीका लागि किसान व्यवसायीले चितवन सहित अन्य जिल्लाबाट खरिद गर्नुपर्ने बाध्यता थियो । तर स्थानीयस्तरमै ह्याचरी उद्योगबाट हाँस लगायतका चल्ला उत्पादन भएपछि किसानलाई सुविधा भएको छ । १० वर्ष पेशा बाट पलायन भएका अबरारुल पुनः फर्किए वि.स. २०६३ सालमा ब्रोइलर फार्म सुरु गरेका उनी १० वर्ष जति पेशा बाट पलायन भए । बिचबिचमा कुखुरापालन गर्दै छोड्दै आएका थिए ।
कारण थियो कहिले व्यवसायमा घाटा हुनु कहिले नाफा हुनु । जसरी त्यसरी पारिश्रमीक निस्किन्थ्यो । उनी भन्छन् कुखुरापालन व्यवसाय बाट राम्रो आम्दानी गर्न सकिन्छ भने आश थिएन् । पछि वि.स. २०७५ साल मा पुनः यस पेशामा फर्किएको सुनाउँछन् । वि.स.२०७७ साल देखि देखि चल्ला उत्पादनको काम सुरु गरेका बताए । तत्पश्चात् राम्रै आम्दानी गरेको छु ।
महिनाको लाखौं आम्दानी गरेको छु । सबै खर्च काटेर राम्रै आम्दानी हुन्छ । यदी अनुदानहरु सहयोग पाए भने ह्याचरी उधोगलाइ मधेश प्रदेशमै नमुना बनाउने उनको सोच छ । उधोगलाइ विस्तार गर्ने उनको योजना रहेको सुनाउ छन् । यदि ठूलो उधोगको रुपमा परिणत भयो भने १२ जनाको ठाउँमा १००÷२०० जनाले रोजगारी पाउन सक्ने उनको भनाइ छ ।
महिनाको ६० हजार सम्म कमाउँछन् बजार प्रतिनिधी ४ लाखको व्यत्तीगत लगानीमा सञ्चालनमा रहेको ह्याचरी उद्योगमा तिन जना कामदार छन् । भने करिब १ दर्जन जति बजार प्रतिनिधीहरु छन् । स्थानिय सरकार फतुवा बिजयपुर नगरपालिकाबाट अनुदानको सहयोगमा उनको लगानी कारोबार अहिले ४० लाख सम्म पुगेको छ ।
उनले व्यवसाय सञ्चालनको लागि काँही कतै बाट ऋणलिएका छैन्न् । बजार प्रतिनिधीको रुपमा काम गर्ने ऐनुल हक भन्छन् चल्लाहरु बेचेर महिनाको ६० हजार सम्म कमाउँछौ । अन्त कामउन जानुपरेको छैन् । अर्का एक जना बजार प्रतिनिधी नुर आलमको पनि त्यस्तै भनाइ छ ।
हामी दैनिक रुपमा मोटरसाइकिलमा चल्ला लोड गरी मधेश प्रदेशको विभिन्न ठाउँमा बिक्रि गर्न निस्किन छौं । बेलुका आएर साहु सँग हिसाब किताब सबै काँटछाँट गरेर महिनामा त्यती आम्दानी गर्ने गरेका छौं । सम्बन्धित निकाय बाट के के पाए अबरारुलले? स्थानिय सरकारबाट केही अनुदान बाहेका काँही कतै बाट केही सहयोग नपाएको उनी बताउँछन् ।
प्रदेश र संघ सरकार बाट केही सहयोग नपाएको गुणासो गरे । पशु सेवा शाखा फतुवा बिजयपुर शाखाका प्रमुख दयाराम यादव सँग बुझदा यस वर्ष ह्याचरी उत्पादन गर्ने किसानको लागि केही कार्यक्रम नभएपनि माछा पालन गर्ने किसानको लागि आएको जानकारी गराए ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौर प्राविधिक सहायक सूचना अधिकारी जादोलाल साह सँग सोध्दा जिल्ला बाट ह्याचरी उधोगीका लागि जिल्ला बाट केही कार्यक्रम नभएपनि क्षेत्रीय निर्देशनालय बाट अनुदानको लागि रकम आएपनि फ्रि भएको जानकारी गराए ।
यता पशुपन्छी तथा मत्सय विकास निर्देशनालय मधेश प्रदेशका प्रमुख जागेश्वर यादव सँग सोध्दा हाँसको ह्याचरी स्तरोन्ती कार्यक्रम सञ्चालनका लागि आएपनि बजेट रोक्का भएका कारण कार्यक्रम सञ्चालन हुन नसकेको जानकारी गराउनु भयो । तर हामीले ह्याचरी सञ्चालन गर्ने व्यवसायीहरु लाइ प्राविधिक मार्फत निःशुल्क सेवा दिइरहेका छौं ।
कुनै व्यवसायीलाइ सहयोगको आवश्यकता परे निर्धक्क भएर सम्पर्क गर्न आग्रह गर्नु भयो । ह्याचरी उधोग सञ्चालन गर्न यस्तो छ चुनौती ह्याचरी उधोग सत्तचालन गर्न धेरै चुनौती रहेको उनी बताउँछन् । बजारीकरणको समस्या छ । चल्ला उत्पादन गरेपछि आफैले लगेर बेच्नु पर्ने बाध्यता छ । काँहिकतै बाट अनुदान पाउँदैन् । अर्को समस्या बिधुतको रहेको बताए ।
१ घण्टा लाइन कटयो भने ४ सय सम्मको डिजल खपत हुन्छ । जसकारण हामी लाइ घाटा हुन्छ । यसको पनि ठोस् उपाय गरियो भने राम्रो हुन्थ्यो । उनी भन्छन् फतुवा बिजयपुर नगरपालिकाको अनुदान सहयोगमा यहाँ सम्म पुग्न सफल भएको छु ।
तर अझै ठूलो रुपमा काम गर्नको लागि मेसिनहरु ख्रिद गर्न पाइयो भने सयांै जना लाई राम्रो रोजगारी दिन सकिन्थ्यो । म जस्ता वास्तविक किसान फर्म वालाले जिल्ला ,प्रदेश बाट अनुदान नपाएको गुणासो गरे । नगरपालिका बाट थोरै अनुदान पाएर राम्ररी चालाउन कठिन छ मथिल्लो निकायको ध्यानाकर्षण होस् भनि उनी चाहन्छन् ।