<

रन्धिर साह, रौतहट, असार २० ।

कटहरियाका नगरपालिकामा आज (बुधबार) देखि राष्ट्रिय परिचयपत्र अनलाईन प्रणाली मार्फत बनाउने कार्य शुरु गरेका छन् । जिल्लाकाे कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकास जयसवाले आज एक कार्यक्रमका बीच राष्ट्रिय परिचयपत्र अनलाईन प्रणाली मार्फत बनाउने कार्य शुरु गरेका छन् । उनले आफ्नो पालिकाका सबै स्थानीयहरु राष्ट्रिय परिचयपत्र बनाउनका लागि गौर जानु पर्ने बाध्यतालाई समाप्त गर्ने उदेश्यसहित आफ्नै पालिकामा आजदेखि निरन्तरता दिने गरि नगर प्रमुख जयसवालले सो प्रणली पालिकामा सुरु गरेको छन् । साथै उनले आफ्नो राष्ट्रिय परिचयपत्र बनाएर निरिक्षण समेत गरेका छन् । मेयर जयसवालका अनुसार हाम्रो पालिकामा १ देखि ९ वटा वडाहरु रहेका छन् । सो वडा बासिहरु सरकारले अवाहन गरेको राष्ट्रिय परिचयपत्रका लागि गौर जानु पर्ने र घन्टौँ लाइनमा बस्नु पर्ने समस्या आजबाट समाधान भएको बताए । उनले नगरपालिका भित्र रहेका जनसमुदायलाई जानकारीको लागि काे लागि सूचना जारी गरेर जनाएका छन् । नगरबासीलाई समयमै सो सेवा लिन नगरप्रमुख जयसवालले आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0