<

रौतहट, असार १९ गते ।

रौतहटका सुनचाँदी व्यवसायीहरु संग सुरक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । आज (मंगलबार) को जिल्लाको चन्द्रपुर नगरपालिकाका सुनचाँदी व्यवसायी संघ रौतहटको आयोजनामा र जिल्ला प्रहरी कार्यालयको संयोजकमा प्रहरी संग सुनचाँदी व्यवसायीहरूको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । उक्त कार्यक्रममा सो कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा चन्द्रपुर नगरपालिका सुनचाँदी व्यवसायी संघका अध्यक्ष, व्यवसायीका पदाधिकारीहरू समेतको उपस्थितिमा सुनचाँदी पसलहरूको आन्तरिक तथा बाह्य सुरक्षा, व्यवसायीहरूले गर्नुपर्ने थप कार्यहरू, सिसिटिभि जडान, अपनाउनु पर्ने सुरक्षा, सावधानी तथा प्रहरीले निर्वाहा, सहयोग गर्नुपर्ने कामकार्य लगायतका बिषयहरूमा अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0