<

रौतहट, असार २० ।

रौतहटको कटहरिया नगरपालिकामा स्थानीय तहका सदस्यहरु तथा कर्मचारीहरुका लागि तहको एन कानून सम्बन्धित तिनदिने तालिम आजबाट सुरु भएको छ । आज (बुधबार) देखि नगरपालिकाको आयोजनामा पालिका भित्रका कर्मचारी तथा स्थानीय तहका सदस्यहरुकालागि सो तालिम आजबाट सुरु गरेका छन् ।

आजदेखि नगरपालिकाको सभाहलमा सुरु भएको कार्यक्रमको प्रमुख अथिति तथा कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले उदघाटन गरेको थियो । सो कार्यक्रममा कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देबि यादवको विशिष्ट अथिति रहेकी थिईन् भने प्रशासकिय अधिकृत राम प्रकाश साह, वडा अध्यक्षहरू, कर्यपालिका सदस्य मनोज जैयसवाल, पालिकाका कर्मचारीहरुको अतिथ्यतामा सो कार्यक्रम संचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0