<

रन्धिर सह, रौतहट, असार १९ गते ।

रौतहट प्रहरीले आज (मंगलबार) अस्थायी प्रहरी चौकी जुडिवेला र गैडाटारको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् । आज विहान ९ः३० बजेको समयमा कार्यालय प्रमुख एक नारायण कोईरालाले कार्यालय मातहत अस्थायी प्रहरी पोस्ट जुडिवेला र गैडाटार रौतहटको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

सो चौकीहरुमा निरीक्षणको क्रममा कार्यालयको बस्तुस्थिती व्यक्तिगत टर्नआउट, कार्यालय व्यारेक भवन निरीक्षण गरेका छन् । साथै सो कार्यालयका सम्पादित काम कारवाहीको सम्वन्धमा जानकारी लिनुको साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री ढंगबाट गर्न गराउनु भनि निर्देशन समेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0