<

रन्धिर साह,रौतहट, असार २० ।

रौतहटमा विभिन्न मुद्धामा फरार रहेका एउटै गाउँका ५ जना प्रतिवादीहरु लाई प्रहरीले पक्राउ गरेकाे छ । पछिल्लो दिनहरुमा रौतहट प्रहरीले दैनिक रुपमा अभियान नै सञ्चालन गरि फरार प्रतिवादीहरुको पक्राउ गर्ने कार्यलाई तिव्रता दिएको देखिन्छ । यस्तै आज प्रहरीले विभिन्न मुद्धामा फरार रहेका ५ जना प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ पर्नेहरुमा गढिमाई नगरपालिका वडा नं. ८ बरियारपुर निवासी करिब ४२ वर्षीय दिनेश राय यादव, सोही गाउँका ३८ वर्षीय सतेन्द्र राय यादव, ४० वर्षीय नवल राय यादव, ४१ वर्षीय रामबिशवास राय यादव र करिब ४१ वर्षीय बिगु राय यादव रहेका छन् । जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हालसम्म फरार रहेका प्रतिवादीहरुलाई रौतहट प्रहरीको गस्ती टोलीले गस्ती गर्ने क्रममा मंगलबार करिब १५ः०० बजेको समयमा रौतहटको गढिमाई नगरपालिका वडा नं. ८ बरियारपुर स्थितमा कुटपिट मुद्दा शिर्षकका फरार उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी रौतहट जिल्ला अदालत गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0