<

आरके श्रीवास्तव,रौतहट, २० गते असार
रौतहट । बज्जिकाञ्चल खबर।दैनिकको समाचारको प्रभाव परेको छ । खाल्डो खनेर छोडेका ठेकदारले लगाए घेराबेरा लगाएका छन् । कटहरिया–सन्तपुर–कलैया सडकखण्डमा लालबककैया पुल भन्दा अलि अगाडी बाँधको छेउँमा कजवे निर्माणको क्रममा ठेकेदारले चरम लापरवाही गरेको भनि समाचार प्रकाशन भएको थियो । समाचार बाहिर आएपछि ठेकदारको ध्यानाकृष्ट भएको हो । खाल्डो खनेको कारण सो बाटो भएर आउजाउ गर्न दुर्घटनाको जोखिम बढेको थियो ।
उक्त ठाउँमा गिता निर्माण सेवाले कजवे निर्माणको लागि जिम्मा पाएको हो । कजवे निर्माणको लागि खाल्डो खनेका छन् । खाल्डो खनेको ठाउँमा ब्रेकर या घेराबेरा गर्नुपर्ने थियो । तर त्यस्तो नगरेर खुला रुपमा नै छाडेका थिए । जसकारण दिनहुँजसो साइकल,मोटरसाइकिल र पैदलयात्रीहरु लडिरहेका थिए ।


एका पट्टी ढुंगा राख्ने र अर्को पट्टी सडकको छेउमामा खाल्डो खनेर छाडेपछि सो बाटो भएर आउ–जाउ गर्ने सवारी साधनहरुले ठूलो सास्ती खेप्नु परेको थियो । ठेकेदारको लापारवाहीले सर्वसाधारणहरु लाइ सस्ती बेहोर्नुपरेको थियो ।
यता निर्माण सेवाका सञ्चालक सुरेन्द्र यादव सँग बुझदा आफूले छिट्टै घेराबेरा लगाउने र कामलाइ तिव्र गतिले अगाडी बढाउने जनाएका थिए ।


ठेकेदारहरुबाट यस्तो लापारवाही यसअघि पनि बेला–बेला हुने गरेको छ । यसअघि विरेन्द्र राजमार्गमै खनेको खाल्डोमा साइकिलयात्रीको खसेर दुर्घटना भइ मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0