<

आरके श्रीवास्तव,रौतहट,२० गते असार
रौतहटको दक्षिणी भेग बौद्धिमाइ नगरपालिकाको कोपवा बजार चौकमा वृक्षारोपण गरिएको छ । सो नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले कोपवा स्थित चौकमा वृक्षारोपण गर्नु भयो ।


उनले धुपीको विरुवा रोपेर शुभारम्भ गरिएको कार्यक्रममा टिकी,क्रेटोन,साइकस लगायतका विरुवाहरु रोपिएको थियो ।
उक्त अवसरमा मेयर यादवले रोपिएको विरुवालाई संरक्षण गरी हुर्काउनु सबैको कर्तव्य रहेको बताए । बौद्धीमाइ वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मीनारायण यादवले पिपरिया चौकको संरक्षणका लागि आफूहरु सधैं सकारात्मक रहेको बताए । साथै सो चौकको सौन्दर्यीकरणका लागि रोड डिभाडर भित्र विरुवाहरु रोपिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0