<

आरके श्रीवास्तव,रौतहट, २० गते असार
रौतहट –कोविड १९ लगायत महामारी रोग बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम गौर स्थित साइमन होटेलमा एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । पत्रकार,समाजसेवी तथा राजनितीकर्मीहरु सँग कोविड १९ लगायत महामारी रोग बारे अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

स्वास्थ्य कार्यालय रौतहट गौरको आयोजना भएको कार्यक्रममा कोविड १९ को अवस्था बारे अन्तरक्रिया सम्पन्न् भएको छ । सो कार्यक्रममा कोविड १९ लगायतका विभिन्न रोगहरुको अवस्थाको बारे जिल्ला स्वास्थ्य कार्यालय रौतहटका सूचना अधिकारी अनिल कुमार कर्णले जानकारी गराउनु भएको थियो ।
कायक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रौतहटका शाखाका सभापती प्रेमचन्द्र झाले कोविड १९ को अवस्थामा बारे जानकारी गराउने उदेश्यले राखिएको कार्यक्रम सराहनिय रहेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा पत्रकार साथीहरुले उठाउनु भएको सवालहरु,सल्लाह सुझावहरुको ग्रहण गर्न हुन आग्रह गर्नु भयो । कार्यक्रममा प्रस्तुत गरिएका डाटाहरु बाट पक्कै पनि फाइदा पुग्ने छ भने विश्वास व्यक्त गर्नु भयो ।


त्यस्तै नेकपा एसका नेता ब्रिजकिशोर यादवले जिल्लामा चलेको हाक्तिपाइले रोगको अभियान प्रति प्रश्न चिन्ह खडा भएको भन्दै यसबारे गम्भीर भएर समिक्षा गर्नुपर्नेमा जोड दिनु भयो । नागरिक समाजका अध्यक्ष जगरनाथ केसरीले कोविड १९ को बेला स्वास्थ्यकर्मी,सुरक्षाकर्मीहरुले खेलेको भूमिका महत्तवपूर्ण रहेको भन्दै प्रशंसा गर्नु भयो । साथै उनले कुनै पनि महामारी आउनु भन्दा पहिला पूर्व तयारी गर्नुपर्नेमा जोड दिनु भयो ।

यता जेष्ठ नागरिक समाजको तर्फ सहभागी विजयशंकर झाले स्वास्थ्य कार्यालय लाइ विभिन्न रोगहरु बारे सचेतना जगाउने काम गरि रह्न अनुरोध गर्नु भयो । कार्यक्रमलाइ समापन गर्दै स्वास्थ्य कार्यालय रौतहटका नि.कार्यालय प्रमुख सुरेश यादवले अन्तरक्रिया कार्यक्रममा उठेका सवालहरुको जवाफ दिदै आफूहरुले स्वास्थ्यको गतिविधिहरु सूधार गर्न तर्फ हमेशा लागि रह्ने प्रतिबद्धता जनाउनु भयो ।
सो कार्यक्रममा पत्रकार,समाजसेवी तथा राजनितीकर्मीहरुका प्रतिनिधीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0