<

 

आरके श्रीवास्तव,रौतहट,२० गते असार
रौतहट–फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर २ स्थित भकुवा खोलामा झुलुंगे पुल निर्माण भइरहेको छ । सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयको विशेष पहलमा झुलुंगे पुल निर्माण हुन लागेको हो । सितलपुर र चिरचिरिया चौरी जोडने झुलुंगे पुलको निर्माण हुन थालेपछि गाउँका बासिन्दाहरु हर्षित भएका छन् ।

उक्त झुलुंगे पुल निर्माण भएपछि किसानलाइ विशेष फाइदा पुग्ने देखिन्छ । झुलुंगे पुल नहुँदा किसानहरुलाइ करिब डेढ किलोमिटर घुमाउरो बाटो भएर कृषि सामान

हरु धान,गहुँ,मकै बाली ढुवानी गर्नु पर्ने बाध्यता थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ ।
फतुवा बिजयपुर नगरपालिका तथा टि.वि.एस.यु./हेल्भिटासको संयुक्त लगानीमा सो झुलुंगे पुल निर्माण हुन लागेको हो । झुलुंगे पुलमा नगरपालिकाको ३ प्रतिशत मात्र लगानी र बाँकी संस्थाले आफै लगानी लगाउने इ.अशोक कुमार साहले बताउनु भयो ।

उक्त झुलुंगे पुल निर्माणको लागि अनुमानित लागत करिब ४८ लाख रहेको उनले जानकारी गराए ।
यस वर्ष उक्त झुलुंगे पुल निर्माणको लागि २५ लाख रुपैयाँ मात्र छुट्टयाइएको वडा अध्यक्ष यालवले बताउनु भयो । निर्माणाधीन झुलुंगे पुलको काम तिव्र गतिमा भइरहेको यनले बताए ।

सो पुलको निर्माण सम्पन्न भएपछि साना मानिसलाई आवतजावतमा सहज हुने स्थानीय मुनिफ यालवले जनाएका छन् । सो पुल निर्माण भएपछि उक्त क्षेत्रमा खेतवारी भएका सायौं किसानहरुलाई आवतजावतमा सहज हुने उनले बताए । बाढीको समयमा भकुवा खोलामा अत्यधिक पानीको बहावको कारण मानिसलाई आवतजावतमा समस्या हुने भएकोले सो पुल निर्माण भएपछि उक्त समस्या हटेर जाने स्थानिय वासिन्दाहरु बताउँछन् ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
0
+1
0