<

 

आरके श्रीवास्तव,रौतहट,असार १८ गते

फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ ले ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाले वडा नम्बर १ मा आज(आईतवार)एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

सो नगरपालिकाको वडा नम्बर १ भित्र बसोबास गर्ने ७० वर्ष माथिका १ सय ५० जनालाई जनही झुल,टर्च र छाता प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरिएको हो । वडा अध्यक्ष बिजय यादवले जेष्ठ नागरिकहरु लाइ ती सामानहरु प्रदान गरेर सम्मान गर्नु भएको हो ।

जेष्ठ नागरिकहरुलाई आत्मसम्मान बढाउनका लागि सम्मान गरिएको वडा अध्यक्ष यादवले बताए । वडा स्तरीय योजना बाट ५ लाख बजेट छुट्टयाएर उक्त कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

सो नगरपालिका अन्तर्गत वडा नम्बर १ मा पहिलो पटक यसरी जेष्ठ नागरिकहरुको आत्मसम्मान हुने काम गरेकोमा उनिहरु सुखी भएका छन् । वडा बाट बृद्धबृद्धालाई सम्मान गर्दा खुसी लागेको बृद्धहरुले प्रतिक्रिया दिएका छन् । उनीहरुले भनेका छन् म वडा अध्यक्षलाई धन्यबाद दिन्छु ।

बुढापाकालाई यसरी सम्मान गर्नु यो भन्दा ठुलो धर्म अरु नभएको उनीहरुक बताउँछन् । सो अवसरमा वडा सचिव ब्रिजकिशोर यादव, वडा सदस्यहरु रामपृत यादव,सिकलिा देवी,रामप्रवेश मुखिया,जगरनाथ यादव,विरेन्द्र ठाकुर लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0