<

 

काठमाडौ,  १७ असार ।

सेयर बजारमा प्रोफिट बुक हुँदा नेप्से सूचक प्रभावित भएको छ । आइतबार नेप्से सूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा आएर अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै उपसमूहहरु घटेका छन् ।

 

सूचक पुनः लगानीकर्ताको मनोविज्ञान नाप्ने २१ सय विन्दुभन्दा तल आएको हो । यसअघि बजार इन्ट्रा डेमा २२ सय विन्दुभन्दा माथिसम्म पुगेको थियो । नाफा भएकाहरुले बिक्री गरे पनि बजारमा क्रेता पक्ष राम्रै रहेको देखिएको छ । नेप्से दोहोरो अंकले घटेका बेला पनि कारोबार रकम औसतमा रहेको छ ।

 

यस दिन २८६ कम्पनीको १ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ लाख ५६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0