<

 

दोलखा, १५ असार ।

दोलखाको त्रिवेणीघाट नजिकैको चर्नावती खोलामा पौडने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । भिमेश्वोर वडा नम्बर ६ का रोशन श्रेष्ठको शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा एक्कासी डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

 

अन्दाजी १९ वर्षका उनी साथीहरूसँग दिउँसो १ बजेतिर पौडी खेल्न खोला जाने योजना बनाएका थिए । त्यसपछि उनी साथीहरूसँग खोलामा पौडी खेल्न गएका थिए ।

 

पौडी खेल्दा खेल्दै उनलाई खोलामा डुबेको देखेपछि उनलाई साथीहरूले बचाउन प्रयास गर्दा पनि नसकेको साथीहरूहरूले बताएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी प्रवक्ता निरीक्षक राजेश सिग्देलले बताएका छ्न् ।

 

अहिले उन्को शव पोस्टमार्टमका लागि पशुपति मेमोरियल अस्पताल चरिकोट लगिएको छ । सोधपुछका लागि प्रहरीले साथीहरूलाई नियन्त्रणमा लिएको छ भने उनको बारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0