<

 

काठमाडौं, १५ असार ।

पूर्वसांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ परेका छन् । बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

 

उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको जनाइएको छ । काठमाडौंमा पक्राउ गरेर बाँके पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

 

ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनी निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका थिए ।

 

उनीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि सांसदबाट स्वतः निलम्बित भएका थिए । बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0