<

 

काठमाडौ,  १५ असार  ।

नेपाल पुनर्बिमा कम्पनीको शुक्रबार साधारणसभा बस्दै छ । सभा, अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ।

 

प्रस्तावित बोनस सेयर सरकार र बिमा प्राधिकरणबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

 

आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गरिसकेको छ। असार ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0