<

 

आरके श्रीवास्तव,रौतहट,असार १४ गते
रौतहट – बज्जिका कहाबत नामक पुस्तकको आज विमोचन गरिएको छ । जिल्लाको मध्य भागमा रहेको गरुडा स्थित रेडियो मधेश मसलाको सभाहलमा पुस्तक विमोचन समारोह आयोजन गरिएको थियो ।


बज्जिका साहित्य संगम गरुडा रौतहटको आयोजना र आकृति क्रिएसन हेटौडा,नेपाल साहित्यिक पत्रकार संघ मधेश प्रदेशको सह आयोजनामा पुस्तक विमोचन गरिएको हो । पुस्तकको प्रमुख बज्जिका साहित्कार रामचन्द्र महतोले एक समारोहका बीच विमोचन गरेका हुन् ।

नेपाल साहित्यक पत्रकार संघको १७ औं वार्षिकोत्सवको अवसरमा पुस्तक प्रकाशन गरिएको हो । पुस्तकमा विश्वराज अधिकारी द्धारा संकलन गरिएको बज्जिका भाषाको कहावत समावेश गरिएको छ ।

६४ पृष्ठको सो पुस्तकमा बज्जिका कहावतले नै भरिएको छ । सो पुस्तकको विमोचन पछि बोल्दै बज्जिका भाषाका साहित्यकारहरुले बज्जिका भाषा लाइ बढावा दिन अधिकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सदिऔं देखि बज्जिकाञ्चल क्षेत्रमा बोलीने कहावतहरुलाइ पुस्तकको माध्यमले उतारनु भएकोमा धन्यवाद कृतज्ञ गरेका थिए ।

कार्यक्रममा पूर्व स्रोत व्यक्तिहरू बिन्दा सहनी, साहित्यकार मनमोहन सिंह मनोहर,बज्जिका साहित्यकारहरु लगायतले सो पुस्तकको विषयमा बोलेका थिए । बज्जिका साहित्य संगमका अध्यक्ष किसुन दयाल यादवको अध्यक्षतामा भएको कार्यक्रमलाइ साहित्यकार संजय साह मित्रले गर्नु भएको थियो ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0