<

मञ्जय राम,कटहरिया,असार १४ गते
रौतहट–जिल्लाको कटहरिया नगरपालिकामा लम्पी स्किन रोग विरुद्धको खोप सुरु लगाउन सुरु गरिएको छ । कटहरिया नगर क्षेत्र भित्रका कृषकहरूको गोठमा गई लम्पी स्किन रोग विरुद्धको खोप लगाउन सुरु गरिको छ ।


पशु सेवा शाखा कटहरियाका प्रमुख अमोद कुमार पटेलले दिएको जानकारी अनुसार देखा परेको पशुको वरीपरी र व्यवसायीक फार्महरु खोप लगाउन सुरु गरिएको बताए । सम्भवत जिल्लामै पहिलो चोटी कटहरिया नगरपालिकाले यो रोग विरुद्धको खोप खरिद गरी लगाउन सुरु गरिएको बताए । आज पहिलो दिन कटहरिया वडा नम्बर १ र २ मा पशुहरुलाइ लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको उनले बताए ।


उनले भने नगरपालिका बाट खरिद गरी जो भैक नामक इन्जेक्सन खरिद गरी खोप लगाउन थालिएको हो ।
यतिबेला पशुचौपायामा लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । जसका कारण धेरै पशुवस्तु संक्रमित भइसकेका छन । मुख्य गरेर गाईरभैंसीमा देखिने लम्पी स्किन रोगका कारण किसान चिन्तित देखिएका हुन् ।


घरपालुवा पशुवस्तुमा यो रोग देखापरेपछि किसानहरू चिन्तित् बनेका छन् । कैयौँ चौपायाको यसै रोगका कारण मृत्यु समेत भइसकेको छ । पछिल्लो समयमा नेपालका विभिन्न ठाँउमा लम्पी स्किन रोगले गाईगोरु मर्न थालेपछि पशुपालनमा संलग्न किसानहरू चिन्तित बनिरहेको बेलामा खोप लगाउन थालिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0