<

 

बज्जिकाञ्चल,राैतहट,असार १४ गते

जन्मदिवसको उपलक्ष्यमा अनाथालयलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाकाे मध्य भाग गरूडामा रहेको बंशीराम जयसवाल अनाथालयमा खाद्यान्न उपलब्ध गराईएकाे हाे ।

चन्द्रपुर नगरपालिका-५, रौतहट निवासी नमूना अंग्रेजी आवासीय बिद्यालयकी सञ्चालिका लक्ष्मी श्रेष्ठले आफ्नो शुभ जन्मदिवसको उपलक्ष्यमा विभिन्न खाद्यान्न सामानहरू उपलब्ध गराईएकाे हाे ।

उनले चामल, आलु, चना, सोयाबिन, तेल, मसाला लगायत विभिन्न खाद्य सामग्री सपरिवार अनाथालयमा उपस्थित भई संस्थापक बंशीराम जडसवा लाई सहयोग स्वरूप हस्तान्तरण गर्नुभयो । आफ्ना खुशीका पलहरू अनाथालयका बालबालिकाहरू सँग साट्न सम्पर्क गर्न अनाथालय परिवारले अनुराेध गर्दै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0