<

 

नयाँदिल्ली, १४ असार ।

त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा परेको छ । जसका कारण ७ जनाको मृत्यु भएको छ । सोही क्रममा १८ जना जलेका छन् ।

 

भगवान जगन्नाथको उल्टा रथयात्राका क्रममा दिउँसो ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ

 

प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुर्घटनामा धेरै तीर्थयात्रीको ज्यान गएको उनले बताए । योसँगै धेरै मानिस घाइते भएका छन् ।

‘यो घटनाबाट म दुखी छु। मृतकका परिवारजनमा मेरो समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना। यस दुस्खद घडीमा प्रदेश सरकार पीडितहरुको साथमा छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0