Nitish Rana of Kolkata Knight Riders hitting a over boundary during match 19 of the Tata Indian Premier League between the Kolkata Knight Riders and the Sunrisers Hyderabad held at the Eden Gardens Stadium, Kolkata, on the 14th April 2023 Photo by: Saikat Das / SPORTZPICS for IPL
<

०१ वैशाख,
इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २३ रनले हराउँदै सनराइजर्स हैदराबादले जितेको छ ।

शुरूआती ब्याटिङ गरेको हैदराबादले २२८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कोलकाताले ७ विकेटमा २०४ रन मात्रै बनाउन सक्यो ।

कोलकाताका लागि खेलेका रिंकू सिंहले ४र४ चौका र छक्का हानेर अन्तिमसम्म आउट भएनन् भने आईपीएलमा पहिलो अर्धशतक बनाए । अर्कोतिर नीतीश राणाले ४१ बलमा ७५ रन बनाए पनि टीमलाई जिताउन सकेनन् ।

हैदराबादका लागि मैदानमा उत्रिएका हेरी ब्रूकले शतक बनाएर टीमलाई बलियो बनाएका थिए । यस सिजनको आईपीएलमा यो नै पहिलो शतक हो, शतकको यात्रा पूरा गर्न उनले ५५ बल खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0