<

कृष्ण तिवारी ,रौतहट, असार ११ गते ।
रौतहटको कटहरिया नगरपालिकाकाले उत्कृष्ट काम गर्ने कर्मचारीहरु लाइ सम्मान गरेको छ । नगरपरिषदको अवसरमा नगरपालिकाकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जयसवाल, उप प्रमुख रिता देवी यादव र प्रमुख प्रशासकीय अधिकृत राम प्रकास साहले कर्मचारीहरुलाइ नगद पाँच हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कटहरिया नगरपालिकाको ८औं नगरसभा अधिवेशन कार्यक्रममा ७ (सात ) जना नगरपालिका भित्र कार्यरत कर्मचारीलाई नगर प्रमुख अजय प्रकाश जयसवाल र नगर उपप्रमुख रिता देबी यादव द्वारा सम्मानित हुने कर्मचारीहरुमा योजना प्रमुख रामनरेश यादव, पञ्जिकरणका प्रमुख हरिन्द्र प्रसाद यादव, जिन्सी शाखा प्रमुुख सन्तोश साह, शिक्षा सह संयोजक सुरेन्द्र ठाकुर, कम्पुटर अपरेटर धिरज साह , कार्यालय सहयोगी अभिसेख कुमार सहित ७ जना लाई ५ हजार नगद र दोसल्ला ओढाई सम्मान गरेको छ ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले कर्मचारीलाई सम्मान गरिँदा उत्कृष्ट काम गर्न हौसला मिल्ने बताए ।


कर्मचारीले राम्रो काम गरेर हरेकले सम्मान ग्रहण गर्नुपर्ने उनको सुझाव छ । ‘इमानदारिता र लगनशीलता कर्मचारीको बहुमूल्य गहना हो, त्यसैले निजामति कर्मचारीले आफूले पाएको जिम्मेवारीलाई जागिरका हिसाबमा मात्र लिनु हुँदैन, जागिरलाई जिम्मेवारीका हिसाबले लिन सक्नुपर्छ,’ मेयर अजय प्रकाशले भने ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले अनुशासन र कामले नै कर्मचारीको मूल्यांकन हुने भएकाले आफ्नो दायित्व र जिम्मेवारी निभाउनु पर्ने बताए । उनले सरकारी नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिनु नै कर्मचारीको पहिलो काम, कर्तव्य भएको धारणा राखे । ती कर्मचारीहले सर्वोत्कृष्ट सम्मान पाउँदा काम गर्ने जिम्मेवारी अझै बढेको महसुस भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0