<

आरके श्रीवास्तव,रौतहट,असार ११ गते
रौतहटको कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । सोमबार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । कटहरिया स्थित नगरपालिकाको प्रांगणमा बजेट अधिवेशन बोलाईएको थियो । नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका सभापती रामअयोध्या प्रसाद यादव रह्नु भएको थियो । नगरपालिकाले आठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४१ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । तर एकदिन ढिलै भएपनि नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जनप्रतिनिधीहरु बिच कुरा नमिल्दा आइतवार बजेट आउन सकेको थिएन् । धेरै उत्साहका साथ सम्पन्न भएको आठौं नगरसभा बाट कटहरिया नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगरप्रमुख जयसवालको आदेशाअनुसार प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले बजेट वक्तव्य पढेर सुनाउनु भएको थियो ।

नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४१ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो । नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ४१ करोड ९६ लाख १६ हजार ३ सय रुपैयाँको बजेट पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी गराउनु भयो । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगायतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको साहले बताए ।

सो नगरपालिकाको संघिय वितिय समानीकरण अनुदान ११ करोड १७ लाख,संघिय शशर्त चालु अनुदान १७ करोड १० लाख,संघिय सरकार शशर्त पूजिगत रु १ करोड १५ लाख,संघिय राजस्व बाँडफाँड अनुदान ९ करोड ५२ लाख ७२ हजार ३ सय,संघिय सरकार सम्पूरकमा ५० लाख,विक्तिय समानिकरण(प्रदेश सरकार) २० लाख र आन्तरिक राजस्व रु १ करोड र चालु आ.व. २०७९।८० को खर्च हुन बाँकि २० लाख गरि कुल ४१ करोड ९६ लाख १६ हजार ३०० रुपैयाँ बराबरको बजेटको आयको प्रक्षेपण गरिएको छ ।


कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरू,जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0